• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाली कांग्रेस म्याग्दीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताउनुभएको छ । मङ्गलवार नेपाली कांग्रेस निर्वाचन परिचालन समिति म्याग्दीले पार्टी कार्यालय सङ्गमचोकमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले जलविद्युतमार्फत जिल्लाको विकास गर्ने बताउनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति समेत रहनुभएका उम्मेदवार भण्डारीले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाहरुलाई प्राथमिकता र जिल्लाभरका जनतालाई सहज हुने गरी जलविद्युतमा जोड्नको लागि पहल गर्ने बताउनुभयो । उहाँले म्याग्दी जिललामा भएको अपार जलविद्युतको सम्भावनलाई समग्र जिल्लाको विकास निर्माणमा परिचालन गर्न आफूले उम्मेदवारी दिएर निर्वाचनमा होमिएको बताउनुभयो ।

पत्रकार भेटघाट एवं अन्तत्र्रिmया कार्यक्रममा उम्मेदवार भण्डारीले जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत सेवामा भैरहेका कामलाई थप प्रभावकारी बनाउनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘म्याग्दी जलविद्युत र पर्यटनको हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँको आवश्यकतालाई प्राथमिकताका साथ पूरा गर्ने वाचा गर्दछु ।’ उमेदवार भण्डारीले म्याग्दीका जनताबाट प्राप्त सल्लाह र सुझावलाई कार्यान्वयन गर्दै म्याग्देली जनताको हकहितमा काम गर्ने गरी थप योजनासहित अगाडि आएको बताउनुभएको छ ।

पर्यटन क्षेत्रको आम्दानीबाट आम नागरिकलाई धेरै क्षेत्रमा सहयोग गर्न सकिने भएकाले आफूले चुनावी अभियानमा गरेका वाचाहरु पूरा गर्ने उल्लेख गर्दै विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने पनि उम्मेदवार भण्डारीले बताउनुभयो । म्याग्दीमा भएको सम्भावनामा लगानी मात्रै भिœयाउन सकिएको खण्डमा जिल्लामै रोजगार दिन सकिने भएकाले अब लगानीमैत्री वातावरण बनाएर अवसर सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । समृद्ध म्याग्दी बनाउने खाकामा विगतमा समेत अभ्यास गरेको बताउँदै अबको यात्रालाई संघीय सरकारमा पुग्ने गरी काम गर्ने भण्डारीको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँले पार्टी एक ढिक्का भएर आसन्न निर्वाचनमा होमिएको बताउँदै संविधान र लोकतन्त्रको रक्षा तथा देशलाई निकाश दिन आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताउनुभयो । कांग्रेस म्याग्दीका सभापति एवं पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले आफू छोटो समय मन्त्रालयमा रहेपनि जिल्लामा धेरै बजेट र योजनाहरु ल्याउन विशेष पहल गरेकाले अबको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ जना मतदाताहरु रहेका छन् । तीमध्ये ४२ हजार ३ सय ३२ जना पुरुष र ४४ हजार ६४ जना महिला तथा एकजना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मतदाता छन् । जिल्लाभर कुल ८२ वटा मतदानस्थल र १ सय १५ वटा मतदान केन्द्र कायम गरिएको छ ।