नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’को सपना पूरा गर्न पार्टी र आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । विगतमा नेकपा एमालेका जनप्रतिनिधिहरुको सक्रियतामा सुरु भएका विकास निर्माणका योजनाहरू नै अहिले भैरहेको प्रगतिको आधार भएको बताउँदै उम्मेदवार श्रेष्ठले जिल्लामा ठूला योजनाको सुरुवात नेकपा एमालेको नेतृत्वमा भएको बताउनुभयो ।







