• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित जिल्लास्तरीय पढाई सिप प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाई बेनी म्याग्दीको आयोजनामा कक्षा १–५ मा अध्ययनरत विद्यार्थीहरुको पठन सिप अभिवृद्धि गरी शिक्षामा गुणस्तरीय कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विद्यार्थीको पठन क्षमता, उच्चारण, बुझाई र आत्मविश्वास विकास गर्न म्याग्दीमा जिल्लास्तरीय पढाई सिप प्रतियोगिताकोृ आयोजना गरिएको थियो । शिक्षा विकास तथा समन्वय एकाई म्याग्दीको आयोजनामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूको बीचमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

जिल्लामा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूले समेत नेपाली भाषाका पाठहरु तथा पाठ्य सामग्रीहरू शुद्धसँग उच्चारण गर्न नसक्ने समस्या देखिएपछि विद्यार्थीहरूले पढेको कुरा बुझ्ने क्षमता वृद्धि, विद्यार्थीको आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताको आयोजना गरिएको एकाई प्रमुख मतिलाल चपाईँले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापनसत्र जिल्ला शिक्षा विकास समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बेनी नग।रपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारी र जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले मन्तव्य गर्नुभएको थियो । प्रतियोगितामा विजेतालाई जिसस प्रमुख खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्मुख ज्योति लामिछाने, प्रजिअ गैरे र एकाई प्रमुख चपार्इँले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्लाको रघुगंगा गाउँपालिकाबाहेक सबै पालिकाका कक्षा १ देखि ५ सम्मका प्रति कक्षा १ जनाको दरले २८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । साथै रघुगंगा गाउँपालिका अन्तर्गतको मालिका आधारभूत विद्यालयले पनि स्वतः स्फूर्त रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतियोगितामा कक्षा १ तर्फ सर्वोदय मावि भूरुङ–तातोपानी (अन्नपूर्ण गाउँपालिका) सुप्रिना सुनार प्रथम, (धवलागिरी गाउँपालिका)का सेजा थापा द्वितीय र बेनी सामुदायिक माविका (बेनी नगरपालिका) उत्सव सापकोटा तृतीय भएको आयोजक शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।

यसैगरी कक्षा २ तर्फ लिटिल गार्डेन एकेडेमीका (बेनी नगरपालिका) सभ्यता भण्डारी प्रथम, शारदा माविका (मंगला गाउँपालिका) अजन घर्ती द्वितीय र रुम ईङ्लिस बोर्डिङ स्कुलका (मालिका गाउँपालिका) सीमा सेन्चुरीले तृतीय स्थान हासिल गरेका थिए । कक्षा ३ तर्फ लिटिल गार्डेनका जेनिसा कुँवर प्रथम, मालिका आविका प्रिन्स रोका (मालिका गाउँपालिका) द्वितीय र मालिका आविका निरोज छन्त्याल (रघुगंगा गाउँपालिका) तृतीय भएका थिए ।

त्यस्तै कक्षा ४ तर्फ धवलागिरी एकेडेमी ताकमका (धवलागिरि गाउँपालिका) आरोही गुरुङ प्रथम, लिटिल गार्डेन एकेडेमी बेनीका साहित्य रेग्मी द्वितीय र मालिका गाउँपालिकाको देउराली माविका विद्यार्थीले तृतीय स्थान, कक्षा ५ तर्फ माउन्ट एभरेष्ट आवासीय मावि बेनीका अनिस्का विक प्रथम, मालिका आविका (रघुगंगा गाउँपालिका) योगेश पुन द्वितीय र हेम मावि सिवाङका (धवलागिरी गाउँपालिका) आविष्कार सुवेदी तृतीय भएको जनाइएको छ ।