गजल
– सुमित्रा थजाली
बुढेसकालको पीडाले कसैलाई बुझ्दैन ।
भित्रको घाउ कसैलाई देखिँदैन अनि सुनिँदैन ।।
हिजो जसले संसारलाई हँसाइरहेथे ।
आज तिनकै आँखामा आँशु लुकाउँदैन ।।
समयले सबै साथहरू टाढा लगिसक्यो ।
एक्लोपनको कथा कसैलाई सुनाउँदैन ।।
आफ्नै सन्तानहरु व्यस्त छन्, आफ्नै दुनियाँमा ।
बुबाआमाको माया अब कसैले बुझ्दैन ।।
हिँड्न गाह्रो, बोल्न गाह्रो अनि सास फेर्नै भारी ।
तर यो मनको पीडा कसैले बुझ्दैन ।।
हिजोको बलियो काँध आज थाकिसकेको छ ।
तर यो थकान कसैले देख्न खोज्दैन र मान्दैन ।।
बुढेसकालको पहेँलोपन केबल रङ होइन ।
यो जीवनको गहिरो पीडा, कसैले बुझ्न सक्दैन ।।
लेखक थजाली, सिङ्गा स्वास्थ्यचौकी, म्याग्दीमा कार्यरत हुनुहुन्छ ।



