पुस २०, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको बेनी शाखा म्याग्दीका अभिकर्ता नवीन पौडेल एमडिआरटी विजेता बन्नुभएको छ । बीमा तथा वित्तीय सेवाको क्षेत्रमा विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था Million Dollar Round Table- MDRT अन्तर्गत सन् २०२६ का लागि पौडेल MDRT सदस्यता प्राप्त गर्न सफल हुनुभएको हो ।

बीमा अभिकर्ता लाईसेन्स प्राप्त गरेको २ वर्ष नपुग्दै बेनीका पौडेलले लगातार यो सम्मान दोस्रोपटक प्राप्त गर्नुभएको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड बेनी शाखाले जनाएको छ । बीमाको क्षेत्रमा निरन्तर मेहनत, उच्च व्यावसायिकता, ग्राहकप्रति प्रतिबद्धता एवं उत्कृष्ट कार्यसम्पादनको आधारमा अभिकर्ता पौडेलले अन्तर्राष्ट्रियस्तरको यो प्रतिष्ठित उपलब्धि हासिल गर्न सफल बन्नुभएको शाखा प्रवन्धक ईन्द्रबहादुर जिसीले जानकारी दिनुभयो ।

MDRT अवार्ड विश्वभरका सीमित उत्कृष्ट बीमा अभिकर्ताहरूलाई मात्र प्रदान गर्ने गरिन्छ । जसले यस उपलब्धिको महत्वलाई अझ पुष्टि गर्ने शाखाले दावी गरेको छ । रिलायबल लाईफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले पौडेलको यो उपलब्धिलाई शाखा र सम्पूर्ण कम्पनीका लागि गौरव तथा प्रतिष्ठाको विषय समेत भएको उल्लेख गर्दै, आगामी दिनमा उहाँले अझ उच्च उपलब्धि हासिल गर्न सफल हुने विश्वास व्यक्त गरिएको जनाएको छ ।
यसका साथै अभिकर्ता पौडेलको निरन्तर प्रगति, सफलता र उज्ज्वल भविष्यको कामना समेत गरिएको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सका मार्केटिङ अफिसर सुष्मा खत्रीले बताउनुभयो । पछिल्लो समय बीमा क्षेत्रमा सर्वसधारण, नागरिकहरुको आकर्षण बढ्दै गएको छ भने विभिन्न कम्पनीहरु बीमा क्षेत्रमा क्रियाशील रहेका छन् ।


