असार १८, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– लायन्स क्लब अफ बेनी महारानीको मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बेनी महारानीको वर्ष सन् २०२५–०२६ का लागि निर्वाचित क्लबका नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रममार्फत पद हस्तान्तरण गरिएको हो ।

वर्ष ०२५–२६ का लागि क्लबको अध्यक्षमा सरिता श्रेष्ठ, प्रथम उपाध्यक्ष शिला श्रेष्ठ, द्वितीय उपाध्यक्ष संगीता श्रेष्ठ, तृतीय उपाध्यक्ष आशा शेरचन, सचिव सुमित्रा थजाली, कोषाध्यक्ष टिका आचार्य, सहसचिव सारिका थापा, सदस्यहरुमा सुजिन श्रेष्ठ, सलिना खत्री, सिर्जना शाही, अनिता भण्डारी, एलिना श्रेष्ठ र आशा बानियाँ निर्वाचित हुुनुभएको छ ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्द्रा घले गुरुङले आफ्नो कार्यकालमा सञ्चालन गरेका कामहरुको समीक्षा गर्दै आगामी नेतृत्वलाई शुभकामना दिनुभएको थियो । उहाँले आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण सहयोग पु¥याउनुहुने पूर्व अध्यक्षहरु रञ्जिता भट्टचन, प्रमिला जोशी श्रेष्ठ र संगीता श्रेष्ठ, निवर्तमान सचिव आशा शेरचन, सदस्य सारिका थापा र सुजिन श्रेष्ठलाई कार्यक्रम संयोजन गरेकोमा सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा क्लबको तर्फदेखि आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी पद हस्तान्तरण गरेको भन्दै निवर्तमान अध्यक्ष घलेलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने क्लबका नयाँ सदस्य शोभा श्रेष्ठलाई स्वागत गरिएको क्लबका नवनिर्वाचित सचिव सुमित्रा थजालीले जानकारी दिनुभयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु रञ्जिता भट्टचन, प्रमिला जोशी श्रेष्ठ र संगीता श्रेष्ठले क्लबको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

उक्त कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष सरिता श्रेष्ठले आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्दै सामाजिक सेवा, महिला सशक्तिकरण, स्वास्थ्य सम्बन्धी शिविर तथा तालिम र वातावरणको संरक्षण गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रम क्लबका निवर्तमान अध्यक्ष चन्द्रा घले र नवनिर्वाचित अध्यक्ष श्रेष्ठको अध्यक्षता र निवर्तमान सचिव आशा शेरचन र नवनिर्वाचित सचिव सुमित्रा थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।




