• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज १३, २०८२ सोमबार । रुप्से न्यूज

म्याग्दी– नेपालीहरुको महान् चाड बडादसैँ अन्तर्गत नवदुर्गाको सातौं दिन सोमबार म्याग्दीका विभिन्न कोत मन्दिरहरुमा हर्ष बढाइँका साथ फूलपाती भिœयाइएको छ । सदरमुकाम बेनीमा रहेको बेनी कोत मन्दिरसहित जिल्लाका अन्य कोत मन्दिरहरुमा धार्मिक परम्परा र हिन्दु संस्कार अनुसार पुजापाठ गरी फुलपाती भिœयाइएको हो ।

बेनी कोतभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादसैँको सप्तमीका दिन बेनी कोत मन्दिरमा फूलपाती भिœयाइएको समितिले जनाएको छ । बेनीबजार तथा यसअघि नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको गुल्मबाट ल्याइएको फुलपाती बेनीको बेनी कोत मन्दिरमा भिœयाइएको थियो । कोत मन्दिरबाट सुरु भएको पञ्चेबाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुगेर पूजाअर्चना गरी कुष्माण्ड अर्थात् फूर्से र बोका (छाग)को बलि दिई कोतमा फुलपाती भिœयाइएको हो ।

हिन्दु धर्म, संस्कृति र परम्पराअनुसार विधिपूर्वक पूजाआजा गरी फूलपाती भिœयाइएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जानकारी दिएको छ । परम्परागत रुपमा मनाइने फुलपाती पर्वको धार्मिक विधि र प्रक्रिया अनुसार पूजाआजा गरी फूलप्रसादसहित फुलपाती भिœयाउने कार्यक्रमको अवलोकन गर्न सर्वसाधारणहरु पुगेका थिए । यसैगरी नेवार समुदायको संस्था नेपाल भाषा मंकाः खल अन्तर्गतको ल्यामु पुचका कलाकारहरुबाट धिमेबाजाको प्रस्तुतीमा उनीहरुले धिमेनाच समेत प्रस्तुत गरेका थिए ।

सोही अवसरमा लक्ष्मीनारायण मन्दिर विकास समितिका पदाधिकारीले भजनकिर्तन समेत गरेका थिए भने नेपाल भाषा मंकाः खलका युवाहरुले धिमे बाजा बजाएका थिए । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, बेनपा–७, बेनीका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, ८ नम्बर वडाका अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु र स्थानीयवासीका साथै सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

कोटभण्डार टोलवासीले कोतको लिपपोत र सङ्गमचोकवासीले फुलपाती बढाइँको लिपपोत एवं सरसफाइ गरेका थिए । बेनी नगरपालिका अन्तर्गत घतानकोत, पुलाचौरकोत, चिप्लेटीको नरनिशानकोत, गाजनेको डढेकोत, ज्यामरुककोटको खड्गभवानी कोत, धवलागिरि गाउँपालिकाको ताकमकोत, रघुगंगाको राखुभगवती कोत, अन्नपूर्णको घार मन्दिरलगायत दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधि अनुसार पूजाअर्चना गरी फूलपाती भिœयाइएको स्थानीयवासीले जानकारी गराएका छन् ।

दसैँको फूलपातीका दिन देशभरीका कोत मन्दिरहरुमा पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भिœयाइएको छ । घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाउने गरिन्छ । काठमाडौँस्थित हनुमानढोका दरबारमा रहेको दसैँघरमा पनि फूलपाती भिœयाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा फूलपाती भिœयाउने प्रचलन रहेको छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा गर्ने गरिन्छ । फूलपातीकै दिन किसानले खेतमा गएर चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भिœयाउने पनि गर्दछन् ।