म्याग्दी– मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो ।






