• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक २३, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा शनिवार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदक ल्याएर महेन्द्र मावि विजेता बनेको हो ।

यसैगरी प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जित्दै मंगला मावि बाबियाचौर द्वितीय भएको छ । त्यस्तै ५ स्वर्ण, २ रजत र ५ कास्यसहित १२ पदक जितेर शिशुकल्याण मावि अर्मन तृतीय भएको मंगला गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले बताउनुभयो । प्रतियोगितामा ३ स्वर्ण ५ रजत र २ कास्यसहित १० पदक जितेर डनिङ आवासीय मावि बाबियाचौर चौथो भएको छ ।

प्रतियोगितामा मार्चपासमा मंगला मावि प्रथम, एथ्लेटिक्सतर्फ ३ स्वर्ण १ रजतसहित महेन्द्ररत्न माविका छात्र विबेक नेपाली र एथ्लेटिक्सतर्फ ३ स्वर्ण १ रजतसहित महेन्द्ररत्न माविकै विवेक नेपाली तथा ३ स्वर्णसहित शिशुकल्याण माविकी थमसरा रोका उत्कृष्ट हुनुभयो । छात्र भलिबलतर्फ शिशुकल्याणकै हेमन्त बुढाथोकी, छात्रातर्फ मंगला माविकी एन्जिला किसान, कबड्डीतर्फ छात्रामा मंगला माविकी बिना सापकोटा र छात्रतर्फ महेन्द्ररत्न माविका बिकल बुढा उत्कृष्ट खेलाडी घोषित भई उत्कृष्ट हुने सबैजना पुरस्कृत हुनुभएको थियो ।

विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई नगद ५० हजार रुपैयाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो र तेस्रो हुने विजेता विद्यालयलाई क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा सहभागी डनिङ आमाविले ३ स्वर्ण ५ रजत २ कास्य, दिपशिखा मावि कुहुँले २ स्वर्ण ४ रजत ४ कास्य, शारदा मावि छिस्बाङले २ स्वर्ण ३ रजत ६ कास्य, राष्ट्रि«य जनजागृति मावि पूर्णगाउँले १ स्वर्ण १ रजत, त्रिभुवन मंगला मावि ¥यालेखोरले २ रजत १ कास्य र शिद्धशान्ति मावि हिदीले २ कास्यपदक जितेका छन् ।