• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कृष्णबहादुर कार्की/पर्वत

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा बुधवार लामाखेतमा बालमैत्री स्थानीय शासनको अवधारणा सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘समतामूलक समाज जलजलाको सार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासहित अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँ समितिका पदाधिकारीहरु, कर्मचारीहरु र अन्य सरोकारवाहरुका लागि बालमैत्री स्थानीय शासनको अवधारणा सम्बन्धी विषयमा बृहत अभिमुखीकरण गरिएको जलजला गाउँपालिकाले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, यसका ५१ वटा सूचकहरु, बालमैत्री स्थानीय शासनका समितिहरु, काम कर्तव्य र अधिकारको बारेमा सहजीकरण गरिएको थियो ।

यसैगरी बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन तालिकालगायत विषयहरुमा समेत अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री स्थानीय शासनको अवधारणा विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरुबीच अन्तत्र्रिmया र छलफल पनि गरिएको थियो । सोही अवसरमा जलजला गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाका लागि व्यानरमा हस्ताक्षर गरी प्रतिबद्धता समेत जनाइएको छ ।

जलजला गाउँपालिकाका जनप्रनिधिहरु, कर्मचारीहरु र कार्यक्रमका सहभागीहरुले व्यानरमा हस्ताक्षर गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष दिपक आचार्यको स्वागत र बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति भेषनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको विशेष उपस्थिति रहेको थियो ।