जेठ २२, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– दलित महिलाहरूलाई सामाजिक सशक्तिकरण, नेतृत्व र क्षमता अभिवृद्धि तथा कानुनी जानकारी दिने उद्देश्यले म्याग्दीको बेनीमा एकदिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना र बेनी नगरपालिकाको समन्वयमा बिहीबार कार्यक्रम गरिएको हो ।
म्याग्दी– दलित महिलाहरूलाई सामाजिक सशक्तिकरण, नेतृत्व र क्षमता अभिवृद्धि तथा कानुनी जानकारी दिने उद्देश्यले म्याग्दीको बेनीमा एकदिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना र बेनी नगरपालिकाको समन्वयमा बिहीबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बेनी नगरपालिकासहित रघुगंगा गाउँपालिकाको दलित महिला जनप्रतिनिधिहरू र राजनीतिक दलमा आबद्ध दलित महिलाहरुले सहभागिता जनाएका थिए । तालिमको उद्घाटनसत्र सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदीको अध्यक्षता र बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

???????
तालिमको मुख्य उद्देश्य दलित महिलाहरूलाई नेतृत्व विकासमा उत्प्रेरित गर्नु, सामाजिक रूपान्तरणमा योगदान दिने क्षमताको विकास गर्नु तथा सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता बढाउनु रहेको सामाजिक विकास कार्यालय म्याग्दीले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा दलित महिलाहरुको अधिकार, समानता, भेदभाव विरोधी कानुन तथा स्थानीय तहमा पहुँचबारे जानकारी गराइएको थियो ।
यसैगरी नेपालको संविधानमा उल्लिखित दलित अधिकार, लैङ्गिक समानता तथा भेदभाव निवारण सम्बन्धी कानुनी प्रावधानहरू र स्थानीय तहमा महिला सहभागिताको महत्व, नेतृत्व विकास, निर्णय प्रक्रिया र सामुदायिक सहभागिता, व्यक्तित्व विकास र आत्मविश्वास निर्माणका लागि आत्मपहिचान लगायतका विषयहरुमा तालिममा छलफल गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको मुख्य सहजकर्ता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विनोदप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।

???????
बेनी नगरपालिकाका नगर उपप्रमुख लामिछानेले अभिमुखीकरण तालिमले नेतृत्व विकासको जग खडा गरिदिएको उल्लेख गर्दै सहभागीहरूलाई अब लक्ष्य निर्धारण गरेर अगाडि बढ्ने जिम्मेवारी स्वयं महिलाले लिनुपर्ने सुझाव दिनुभयो । उहाँले सामाजिक विकास कार्यालयको समन्वयमा रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई समेत सहभागी गराउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा बेनी नगरपालिकाले अझ परिस्कृत र प्रभावकारी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समापनसत्रमा तालिमका सहभागीद्वय रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार र बेनी नगरपालिकाको नगर सभा सदस्य पवित्रा किसानले अनुभव मन्तव्य व्यक्त गर्दै तालिम अत्यन्तै उपयोगी रहेकाले आयोजकलाई धन्यवादसहित आभार प्रकट गर्नुभएको थियो ।


