• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौँमा सम्पन्न महाधिवेशन निर्वाचनबाट गण्डकी प्रदेश अन्तर्गत भूगोलतर्फको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ विजयी बन्नुभएको हो ।

सोमबारदेखि काठमाडौँमा जारी नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाबाट गण्डकी प्रदेशको भूगोलतर्फ केन्द्रीय सदस्यमा श्रेष्ठ निर्वाचित हुनुभएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । महाधिवेशनमा गण्डकी प्रदेशका अध्यक्षहरुले मतदान गर्ने भूगोलतर्फ श्रेष्ठले कुल ९ मत प्राप्त गरी विजयी बनेको उहाँले बताउनुभयो ।

म्याग्दीका श्रेष्ठसहित भूगोलतर्फ गण्डकी प्रदेशबाट तनहुँका पविन्द्र श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठद्वयले ९÷९ समान मत पाउनुभयो । गण्डकी प्रदेशका ११ वटा जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरुसहित भूगोलबाट १८ जनाले मतदान गरेको महासचिव नारायण जिसीले बताउनुभयो । निकै रोचक र प्रतिसर््पर्धात्मक देखिएको निर्वाचनमा म्याग्दीलाई माया गरेर भोट हाल्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो । निर्वाचनबाट पराजित हुनेले ८ मत पाएको बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा नवनिर्वाचित श्रेष्ठले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी, व्यापारीहरुको हकहितका लागि विभिन्न किसिमका रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । म्याग्दी जिल्लामा कृषि, पर्यटन, जलविद्युत, जडिबुटी लगायतका क्षेत्रहरुमा लगानी भिœयाउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने उहाँले बताउनुभयो ।

म्याग्दीमा लगानीको वातावरण निर्माण गर्नको लागि लगानी सम्मेलनको आयोजना गर्ने, अलपत्र पूर्वाधारहरुलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकेर व्यवसायीहरुलाई चलायमान गराउने खालका व्यवसायीलक्षित कार्यक्रमको लागि महासंघमा निरन्तर सक्रिय हुने नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठको भनाइ छ । देश विकास र अर्थतन्त्रको क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ ।