• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास’’ भन्ने नाराका साथ म्याग्दी बहुमुखी क्याम्पसमा विश्व वातावरण दिवस मनाइएको छ । ‘जलवायु परिवर्तनको असर तथा वातावरण संरक्षण’ विषयक सेमिनार आयोजना गरी दिवस मनाइएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको आयोजना तथा बेनी नगरपालिका वडानम्बर ८ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जलवायु परिवर्तनको न्यूनीकरणमा समुदायस्तरको पहलले मात्रै पर्याप्त नहुने बताउनुभयो । उहाँले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरुको सामना तथा प्रकृतिमैत्री विकास प्रवद्र्धनमा समेत जोड दिनुभयो ।

कार्यक्रममा डाक्टर टिकाबहादुर कार्कीद्वारा प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना, पदाधिकारी एवं सदस्यहरू, अभिभावक संघका प्रतिनिधिहरू, वडा नं. ८ अन्तर्गतका टोल विकास संस्थाका अध्यक्षहरू, पूर्व विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी यूनियन, विद्यार्थी गुणस्तर समूह, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक तारानाथ शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच विश्व वातावरण दिवस २०२६ शुक्रवार देशैभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । यसवर्ष ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।