• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार ४, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– सामाजिक तथा रचनात्मक कार्यमा क्रियाशील संस्था म्याग्दी जेसीजको आयोजनामा बुधवार विद्यार्थीको कपाल काट्ने कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–५, बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाका १९ जना विद्यार्थीहरूको एक कार्यक्रमको आयोजना गरी कपाल काटिदिएको म्याग्दी जेसीजले जनाएको छ ।

युवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक सेवामा समेत सक्रिय रहेको म्याग्दी जेसीजले विद्यालयमै पुगेर छात्रहरूको निःशुल्क कपाल काटिदिएको हो । कार्यक्रममा सहभागी सबै बालबालिकाहरुको अनुहारमा उत्साह र खुसी झल्किएको थियो । कार्यक्रमको उद्देश्य व्यक्तिगत सरसफाइ तथा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा समावेशीता र सहानुभूतिको भावना विकास गर्नु रहेको म्याग्दी जेसीजका अध्यक्ष विनोद जिसीले बताउनुभयो ।

जेसीजले यस्ता मानवीय पहलमार्फत समाजमा सकारात्मक सन्देश पु¥याउने विश्वास समेत लिएको छ । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने जनाइएको छ । म्याग्दी जेसीजले जिल्लामा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।