• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार १८, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागूऔषध दुरुपयोग विरुद्ध एक्यबद्धता’ भन्ने नारासहित लागूऔषध तथा कुलतमा लागेका युवाहरुका लागि स्वास्थ्य तथा मनोपरामर्श प्रशिक्षण एवं काुननी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको संयुक्त आयोजना तथा मालिका गाउँपालिकाको कार्यालय र ६ नम्बर वडाको समन्वय एवं सहकार्यमा मङ्गलवार मालिकाको केन्द्र दरबाङमा सचेतना सम्बन्धी विषयमा कार्यक्रम गरिएको हो । युवाहरुलाई लागूऔषधको प्रयोगमा लाग्नबाट जोगाउने, लागूपदार्थ दुव्र्यसनीको न्यूनीकरण गर्ने र यसबाट उत्पन्न हिंसालाई रोक्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले लागूपदार्थको दुरुपयोगले मानव स्वास्थ्य र समाजलाई गम्भीर असर पु¥याउने भएकाले यसको न्यूनीकरण गर्नका लागि सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले लागूऔषधको गलत प्रयोग तथा दुव्र्यसनीमा युवा पुस्ताहरु फसिरहेको हुँदा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरुको आवश्यकता औंल्याउँदै गाउँपालिकामार्फत विभिन्न कार्यालय र संघसंस्थाहरुसँगको सहकार्य तथा समन्वयमा सचेतनामा जोड दिइएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले लागूपदार्थ दुव्र्यसनी, यसले समाजमा पार्ने असर, न्यूनीकरणका उपाय, लैङ्गिक हिंसासहित समाजमा हुने विभिन्न प्रकारका हिंसाहरु, प्रहरीको भूमिकालगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका सहायक जिल्ला न्यायाधिवक्ता अरुण सापकोटाले लागूऔषधको प्रयोग र दुव्र्यसनीका कानुनी प्रावधानहरु, कारवाहीको प्रक्रिया तथा कानुनी उपचार एवं प्रदेश अस्पताल बेनी म्याग्दीका मनोसामाजिक परामर्शकर्ता सरिता अर्यालले मानसिक स्वास्थ्यको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले कार्यालयमार्फत जिल्लाको विभिन्न स्थान र विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमरु सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । मालिका गाउँपालिका वडानम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोकाले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष रोकाको अध्यक्षता, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हश्चिन्द्र ढकाल र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको विशेष उपस्थिति रहेको कार्यक्रमको मिलन म्याग्दीका कर्मचारी राम खड्काले सञ्चालन गर्नुभएको थियो । मालिका गाउँपालिकाको् शिक्षा शाखा प्रमुख अशोक रिजालले समन्वय गर्नुभएको कार्यक्रममा स्थानीय युवा क्लब, आमा समूह, निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी, जनप्रिय मावि र केबि एकेडेमीका शिक्षक एवं विद्यार्थीहरु तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।